सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित भएको प्रधानमन्त्री ओलीको दाबी

लोकतन्त्र बिरोधी तत्वलाई कारवाहीको दायरामा ल्याउने चेतावनी

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित भएको दाबी गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको पछिल्लो काम कारबाहीको बारेमा संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आर्थिक बृद्धिदर उच्च भएको ७ सय किलोमिटर सडक पीच भएको उल्लेख गर्नुभयो । उहाँले सरकारले बिकास निर्माणमा ध्यान दिए पनि कामै गरेन भन्नु गलत भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो पद अर्काे संसदीय निर्वाचनपछि मात्रै जाने समेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले आलोचनालाई स्वागत गर्ने तर आलोचनाको नाममा लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभयो ।

उहाँले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने समेत जानकारी दिनुभयो ।

By:

आइतबार, ०१ भदौ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial