संयुक्त राष्ट्रसंघ बैठकमा कश्मीरका विषयमा छलफल

एजेन्सी, ३२ साउन । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको छ । परिषदको शुक्रबार बसेको बैठकमा भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको हो ।

पाकिस्तानले भारतीय कदमको विरोध गर्दै सुरक्षा परिषदलाई चिट्ठी लेखेपछि यो अनौपचारिक बैठक भएको हो । बैठकमा भएको छलफलका बारेमा स्पष्ट जानकारी या औपचारिक जानकारी आएको छैन ।

संयुक्त राष्ट्रसंघमा भारतीय राजदूत सैयद अबरुद्दीनले धारा ३७० सम्बन्धी विषय आन्तरिक मुद्दा रहेको र यसमा बाहिरका देशको कुनै सम्बन्ध नरहेको बताएका छन् । उनले पाकिस्तानले हिंसाको कुरा गरिरहेको आरोप लगाएका छन् ।

सुरक्षा परिषदले यो विषयमा दुई देशले वार्ता गरेर मिलाउनु पर्ने विचार दिएको बताइएको छ । तर चीनले भने यो विषयलाई संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार नै समाधान गर्नु पर्ने बताएको छ ।

कश्मीरको अवस्था कमजोर रहेको चीनको भनाई छ ।बैठकमा चीनका राजदूत झाङ्ग जुनले कश्मीरमा मानवअधिकारको अवस्था कमजोर रहेकोले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

By:

शनिबार, ३२ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial