उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार

एजेन्सी, ३१ साउन । उत्तर कोरियाले दक्षिण कोरियासँगको शान्ति वार्ता अस्वीकार गरेको छ ।

दक्षिण कोरियासँग अब कुनै पनि वार्ता नहुने उत्तर कोरियाले बताएको हो । दक्षिण कोरियाको पछिल्ला गतिविधिले वार्ताको वातावरण पूर्णरुपमा नष्ट गरेको उत्तर कोरियाको आरोप छ । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले बिहीबार दिएको भाषणको प्रतिक्रिया दिन उत्तर कोरियाले शुक्रबार वक्तव्य जारी गरेको हो । जसमा दक्षिण कोरियाका पछिल्ला गतिविधि अस्वीकार्य रहेको र यस्तो अवस्थामा कुनै किसिमको वार्ताको सम्भावना नरहेको उल्लेख गरिएको छ ।

दक्षिण कोरिया र अमेरिकाले हाल संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । जसबाट उत्तर कोरिया रुष्ट बनेको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको यस्तो गतिविधिले वार्ताको वातावरण बिगारेको बताएको छ ।यसैबिच उत्तर कोरियाले शुक्रबार बिहानै दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले बताएको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट समुद्र तर्फ दुईवटा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले सेनाले जनाएको छ । एक महिना भन्दा कम समयमा उत्तर कोरियाले गरेको यो छैटौँ मिसाइल प्रक्षेपण हो ।

By:

शुक्रबार, ३१ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial