क्रसरलाई राजस्व उठाउन दिँदा २१ लाख घोटला

काठमाडौं, ३१ साउन । तामाकोशी गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरेवापत लिइने कर संकलनमा घोटला भएको विषयमा कार्यपालिका बैठकले छानबिन समिति गठन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्काको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ को नदीजन्य निकासीवापत करमा २१ लाख रुपैयाँ घोटला भएको विषय सार्वजनिक भएपछि छानविन गर्न लागिएको हो । यो समाचार कोरोबार दैनिकमा दिलबहादुर केसीले लेखेका छन् ।

By:

शुक्रबार, ३१ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial