भारतमा आज ७३ औँ स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी, ३० साउन । भारतले आज ७३ औँ स्वतन्त्रता दिवस मनाउँदै छ ।

भारत अंग्रेजको शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गरिएको छ । भारत आजबाट अंग्रेज शासनबाट स्वतन्त्र भएको ७२ वर्ष पूरा भएर ७३ वर्ष लागेको छ । स्वतन्त्रता दिवसको अवसरमा हुने विशेष कार्यक्रमका लागि दिल्लीमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सन् १९४७ मा अंग्रेजको शासनबाट मुक्त भएको थियो । केही महिनाअघि भएको चुनावमा बहुमतका साथ पुनः सत्तामा आएका नरेन्द्र मोदीको यो दोस्रो कार्यकालको पहिलो स्वतन्त्रता दिवस हो ।

By:

बिहिबार, ३० साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Social media & sharing icons powered by UltimatelySocial