नेकपाको सचिवालय बैठक आज पनि स्थगित, बिहिबार सारियो

काठमाडौं, २९ साउन । नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै भोली बस्नेगरी बैठक सारिएको नेकपाका नेताहरुले बताएका छन । नेकपाका पार्टीका विभिन्न विभागमा नेतृत्व चयन र केन्द्रिय सदस्यहरुको कार्यविभाजनका विषयमा सहमती जुट्न सकेको छैन् ।

नेकपामा खासगरी पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा कसलाई ल्याउने भन्ने विषयमा विवाद हुँदै आएको छ । हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । तर आज पनि बैठक बस्न सकेन ।

By:

बुधबार, २९ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!