प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने ?

काठमाडौं, २८ साउन । सांसदहरुले देशको समसामायिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका हुन ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा सांसद टेक बहादुर बस्नेतले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै श्रम ऐन अनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराउनुभयो ।

त्यसैगरी सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरि प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद नारायण खड्काले सुगौलि सन्धि र शान्ति तथा मैत्री सन्धि लगायत सिमा सन्धीका महत्वपुर्ण दस्तावेजहरु हराएको सुन्न आएको भन्दै सम्बन्धीत मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको कृष्ण बहादुर महराको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसद देव प्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ र मनाङको बाटोमा पर्ने कयौ पुलहरु बगाएर लगेको र ती पुलहरु बन्न नसकेका भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।

By:

मङ्गलबार, २८ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!