सुनको भाउ फेरी महंगियो, मंगलवार प्रतितोला ७१ हजारमा कारोवार

काठमाडौं, २८ साउन । नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो । त्यसैगरी तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५सय ७ अमेरिकी डलर पुगेर नेपालमा पनि प्रतितोला ७१ हजार रुपैयाँ भएको हो । तीज लगायतका चाँडपर्व नजिकिदै गर्दा सुन महँगिए पछि  किनबेच भने ओरालो लागेको छ । मूल्य बढ्दै गएपछि किनबेच झन्डै ८० प्रतिशतले घटेको व्यापारीको भनाई छ ।

By:

मङ्गलबार, २८ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!