पूर्वी चीनमा आँधीका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो

एजेन्सी, २७ साउन । चीनमा लेकिमा नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

आँधीले करिब २५ हजार घरहरूमा क्षति पुराउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो ।

अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिर जाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक शहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ । यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन् ।

शनिवार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो ।

लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो । तर भूमिमा आइपुग्नु पहिले नै तुफानको गति क्षीण भएको छ । शुरूमा ‘लेकिमा’१८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।

By:

सोमबार, २७ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!