कोकाकोलाको जिग्री प्याक बजारमा

काठमाडौं, २४ साउन । हल्का पेय पदार्थ कोकोकोलाकोे नयाँ प्याकेजिङ सहित सानो बोतलमा जिग्री प्याक बजारमा आएको छ । नेपालको लागि कोकाकोलाको अधिकृत विक्रेता बोटलर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नयाँ २ सय ५० एम एलको जिग्री प्याक सार्वजनिक गरेको हो ।

नयाँ बोतल हलुका तथा बोक्नलाई सहज प्याकको रुपमा बजारमा आएको बोटलर्स नेपालले बताएको छ । जिग्री प्याकको आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् । आइतबारबाट नेपाली बजारमा आउन लागेको जिग्री प्याकको मूल्य ४० रुपैयाँ रहेको छ ।

जिग्री प्याक कोकोकोला, स्प्राईट तथा फेन्टाको फ्लेवरमा उपलव्ध हुने कम्पनीले जनाएको छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कम्पनीले जिग्री प्याकमा उद्योगको सबैभन्दा नवीनतम प्रविधि प्रयोग गरेको जानकारी दिनुभयो ।

कम्पनीले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात विश्वभरमा यस क्षमताको हिसाबले नेपाल तेस्रो देश हुने पनि जनाएको छ ।

By:

शुक्रबार, २४ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!