ग्रान्डीले माग्यो माफी

काठमाडौं, २४ साउन । ग्राण्डी अस्पतालको विषयलाई लिएर अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे, सञ्चालक इन्जिनियर दीपक कुँवर लगायतले पीडित दोर्जे लामार निशासँग माफी मागेका छन् । उनीहरुले माफी मागेपछि दुई पक्षबीचको वार्ता पनि टुंगिएको छ ।

गत असार २० गते ग्रान्डी अस्पतालमा जन्मेको नवजात शिशुको श्रावण ६ गते अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको स्वीकार्दै उनीहरुले माफी मागेका हुन् ।

बिहीबार अस्पतालमा पीडित पक्ष र अस्पताल व्यवस्थापन समितिका तर्फबाटा छुट्टाछुट्टै वार्ताटोली बनाएर वार्ता गरेको थियो । वार्तामा महाराजगंन्ज प्रहरी बिटका प्रमुखदेखि राजनैतिक दलका नेता, अस्पताल सञ्चालक, पीडित लामासमेतको टोली बसेको थियो ।

वार्तामा लापरबाही गर्ने डाक्टर नर्सलाई हटाउनेसम्मको सहमति भएपछि पीडित पक्षले बिनासर्त मृतक शिशु बुझेको लामाले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो । यो समाचार आजको नेपाल समाचार दैनिकमा लेखेको छ ।

By:

शुक्रबार, २४ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!