पत्रकार पुडासैनीको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, २२ साउन । चितवनमा मृत भेटिएका माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आर्यघाटमा वुधवार अन्त्येष्टि गरिएको छ । चितवनमा मृत भेटिएका पत्रकार पुडाशैनीको शिक्षण अस्पतालमा पोष्टमार्टमपछि वुधवार अन्त्येष्टि  गरिएको हो ।

माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा सोमबार मृत भेटिएका थिए । पुडसैनी पद्मा मिडिया ग्रुपद्वारा संचालित माउन्टेन टेलिभिजनमा कार्यक्रम संचालकको रुपमा विगत डेढ महिनादेखि कार्यरत थिए ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा तथ्यहिन कुराको पछि नलाग्न चितवन प्रहरीले आग्रह गरेको छ । गत साउन २० गते चितवनको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु पछि आएका विभिन्न टिका टिप्पणी प्रति चितवन प्रहरीले खेद प्रकट गरेको छ ।

विभिन्न अनलाईन र सामाजिक संजालमा घटनाको अनुसन्धानलाई नै प्रभाव पार्ने गरि समाचार र टिकाटिप्पणी आएको भन्दै चितवन प्रहरीले गम्भिर ध्यानआर्कषण भएको जनाएको हो ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोईरालाद्धारा जारी विज्ञप्ती मार्फत घटनाको बारेमा अनुसन्धान जारी रहेकोले भम्रपुर्ण कुरा नफैलाउन र तथ्यहिन कुराको पछि नलाग्न समेत आग्रह गरिएको छ ।

By:

बुधबार, २२ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!