‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउन सबैलाई आह्वान

काठमाडौं, ३ साउन । सरकारले यस वर्षको ‘अन्तराष्ट्रिय युवा दिवस’ भव्यताका साथ मनाउन सबैलाई आह्वान गरेको छ । शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले यही श्रावण २७ गते अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउन सबैलाई आह्वान गर्नु भएको हो ।

मन्त्री विश्वकर्माले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सरकारले सो दिन युवा लक्षित बिभिन्न कार्यक्रम गर्न लागिएको समेत जानकारी दिनुभयो ।

राष्ट्रिय युवा परिषदको सहकार्यमा युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा उद्यमी सम्मेलनको समेत आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

By:

शुक्रबार, ०३ साउन २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!