मन्त्री महासेठद्वारा संचार माध्यामलाई भिडियो खिच्न रोक

काठमाडौं, २९ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आईतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडियो खिच्न संचार माध्यामहरुलाई रोक लगाउनु भएको छ ।

मन्त्री महासेठले आईतबार आफ्नै मन्त्रालयमा अवरुद्ध काठमाडौं–नुवाकोट सडक संचालनका लागि ज्ञापन पत्र बुझाउन गएका नेपाली काँग्रेस जिल्ला कार्य समिति, नुवाकोटको ज्ञापन पत्र बुझ्ने क्रममा पुगेका संचारकर्मीहरुलाई भिडियो खिच्न रोक लगाउनु भएको हो ।

आफ्नो कार्यकक्षबाट कार्यक्रम स्थलमा प्रवेश गर्ने वित्तिकै उहाँले आक्रामक शैलीमा क्यामेरातर्फ क्यामेरा बन्द गर्न सचेत गराउनु भयो ।

मन्त्री महासेठले संचार माध्यामहरुलाई भिडियो लिन हुन्न भने पनि त्यसको कारण भने बताउन चाहनु भएन ।

By:

आइतबार, २९ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!