देश बनाउन सपना होइन योजना चाहिन्छ, त्यो योजना म संग छ : डा. सिद्धि अर्याल (भिडियोसहित)

काठमाडौं, २७ असार । हाम्रो मुलुकको राजनीति कता जाँदै छ कसैलाई थाहा छैन । राजनीति प्रति जनताको विश्वास टुट्दै गएको छ, राजनीति दलप्रतिको आस्था मर्दै गएको छ र राजनीतिक व्यक्तित्वहरु प्रतिको विश्वसनीयता घट्दै गईरहेको छ । यो अवस्थाको समाधान कसले गर्ने भन्ने प्रश्नको विषय बनिरहेको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै साझा पार्टी नेपालका केन्द्रिय सदस्य डा. सिद्धि अर्यालले राजनीतिमा आमुल परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अब अर्को चुनावको अवधिसम्म केहि गरेर जनतामा विश्वास जगाउने काम गर्ने र पार्टीलाई अझै माथि पुर्याउने र नेपालको मुहार परिवर्तन गर्ने कुरामा लाग्ने आफ्नो उदेश्य रहेको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले डा. सिद्धि अर्यालसंग गरेको कुराकानी हेर्नुहोस् :

By:

शुक्रबार, २७ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!