अबिरल बर्षाका कारण तराईका जिल्लाहरु डुवानमा, पहिरो खस्दा राजमार्गहरु अवरुद्ध

काठमाडौं, २७ असार । बिहीबारदेखिको अविरल वर्षाले काठमाण्डौ उपत्यका सहित देशैभरको जनजीवन प्रभाबित भएको छ ।

बर्षा पछि आएको बाढीले तराइका बिभिन्न जिल्ला डुवानमा परेका छन भने पहिरो जाँदा बिभिन्न राजमार्ग अवरुद्ध भएका छन । रौतहटमा बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

त्यसैगरी बाढीले मोरङका बिभिन्न स्थान डुवानमा परेका छन् । शुक्रवार रंगेलीमा देउरिया खोलाले बगाउदा एक युवक बेपत्ता भएका छन् । पहिरोले रामेछापको सदरमुकाम जोड्ने खुर्काेट मन्थली सडक खण्ड अवरुद्ध भएको छ । बिपी राजमार्ग अन्तरगत खनियाँखर्कको सोलभञ्ज्याङमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको छ । ओखलढंगाको मानेभञ्ज्याङमा बाढीले सडक छेकिएपछि सयौ यात्री अलपत्र परेका जनाइएको छ । त्यसैगरी अकिरल बर्षाका कारण धनकुटाको हिले भोजपुर सडकखण्ड अवरुद्ध भएको छ ।

By:

शुक्रबार, २७ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!