नागरिकतासम्बन्धी प्रश्न थप्ने प्रयासबाट पछि हटे ट्रम्प

एजेन्सी, २७ असार । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को अमेरिकी जनगणनाको प्रश्नावलीमा नागरिकतासम्बन्धी प्रश्न थप्ने प्रयास अब नगर्ने भएका छन् ।

अदालतको आदेशका कारण जनगणनामा ढिलाइ हुन सक्ने भएकोले त्यसको सट्टा एउटा कार्यकारी आदेशमार्फत् उनले सूचना सङ्कलन गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताएका छन् । जनगणनामा नागरिकतासम्बन्धी एउटा प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुन महिनामा रोकिदिएको पृष्ठभूमिमा लामो लडाइँपछि ट्रम्प पछाडि हटेका हुन् ।

राष्ट्रपति ट्रम्पसँगै उभिएका महान्यायाधिवक्ता विलियम बारले नागरिकतासम्बन्धी प्रश्न नराख्ने निर्णय कुनै कानुनी अवरोधका कारण नभई व्यवस्थापकीय विषय भएको बताएका छन् । उनले नागरिकतासम्बन्धी प्रश्न समावेश गर्नका निम्ति प्रशासनका लागि पर्याप्त आधार’ रहेको पनि बताएका छन् ।

By:

शुक्रबार, २७ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!