विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा आज इङल्याण्ड र अष्ट्रेलिया भिड्दै

एजेन्सी, २६ असार । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज आयोजक इङल्याण्ड र डिफेण्डिङ च्याम्पियन अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

बर्मिङघममा नेपाली समयानुसार दिउँसो सवा ३ बजे हुने प्रतिस्पर्धामा विजयी हुने टोलीले उपाधिका लागि न्यूजिल्याण्डको सामना गर्नेछ । बलिया यी दुई टोलीबीचको सेमिफाइनल भेटले आम क्रिकेटप्रेमिको ध्यान खिचेको छ । समुहचरणमा भएको यी २ राष्ट्रबीचको भेटमा अष्ट्रेलिया विजयी भएको थियो ।

त्यसअघिका चार एकदिवसीय भेटमा इङल्याण्ड विजयी भएको छ । एकदिवसीय भेटमा भएका १ सय ४७ एकदिवसीय खेलमा इङल्याण्ड ६१ र अष्ट्रेलिया ८१ खेलमा विजयी भएका छन् ।

विश्वकप क्रिकेटको उपाधि ५ पटक उचालिसकेको अष्ट्रेलिया हरेक हिसाबमा इङल्याण्डभन्दा अघि रहेको छ । विश्वकपको फाइनलमा तीन पटक पुगेरपनि उपाधिको स्वाद लिन नपाएको आयोजक इङल्याण्ड, चौथो प्रयासमा उपाधि हत्याउने योजनामा रहेको छ ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!