‘लक्का जवान’मा प्रियंका कार्की

काठमाडौं, २६ असार । हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ मा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छिन् ।

बुधबार फिल्मका सह-निर्माता किरण केसीको कार्यालयमा उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको छ । ‘लक्का जवान’ मा प्रियंकाको भूमिकाको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, फिल्मकी उनी सोलो हिरोइन भने होइनन् । अझै दुई अभिनेत्रीको प्रवेश हुने स्रोत बताउँछ ।

यो फिल्ममा अभिनेता दीलिप रायमाझी पनि सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा प्रमुख भूमिकाका लागि शिवहरीले दीलिपकी छोरी दिव्यालाई अफर गरेका छन् । हाल अमेरिकामा रहेकी उनको फिल्म खेल्ने इच्छा भएता पनि ‘लक्का जवान’ गर्ने र नगर्ने निर्णय दिएकी छैनन् । यद्यपि, फिल्ममा प्रवेश अगावै उनको सुन्दरताको फिल्म क्षेत्रमा चर्चा सुरु हुन थालेको छ ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!