गुगल र फेसबुकलाई कर लगाउने फ्रान्सेली योजनामाथि अनुसन्धान गर्न ट्रम्पको आदेश

काठमाडौं, २६ असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

बुधवार ट्रम्पका व्यापार प्रतिनिधिले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करप्रति अमेरिकाको निकै चासो रहेको बताएका हुन् । फ्रान्सको संसद्ले नयाँ करसम्बन्धी विधेयकलाई बिहीवार अनुमोदन गर्ने अपेक्षा गरिएको छ । जसअनुसार गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर लगाइनेछ । त्यो लागु भएमा फ्रान्सले यही वर्ष करिब ४० करोड युरो सङ्कलन गर्ने अपेक्षा गरिएको छ ।

By:

बिहिबार, २६ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!