तीन हजार किसान माछामा आश्रित

काठमाडौं, ११ असार । माछा पकेट क्षेत्र मानिएको रुपन्देहीको दयानगरमा तीन हजारभन्दा बढी किसानले माछा बेचेर जीवन गुजारा गर्दै आएका छन् ।

दयानगरका विभिन्न १७ वटा कृषक समूहमा ती किसान आबद्ध छन् । ५६० घरधुरीका तीन हजार ३६० जना माछापालन व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएको जलदेवी मत्स्य विकास सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यहाँका पोखरीबाट हरेक मौसममा दैनिक १० क्विन्टलसम्म माछा निकासी हुने गरेको र प्रतिघरधुरी मासिक दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ । माछापालनका लागि गाउँमै दाना उद्योग स्थापना भएको छ । पर्यटकको आगमन बढेपछि यहाँ होमस्टे (घरबास) र मत्स्यपालन केन्द्र खुलेका छन् ।

घरघरमा माछापालन हुन थालेपछि दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान नै थालिएको छ । सियारी र शुद्धोधन गाउँपालिकाले माछापालन व्यवसायलाई पर्यटनसँग जोडेर अभियान नै चलाएका छन् । अहिले दयानगर पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले बताउनुभयो । गाउँपालिकाले थालेको अभियानअन्तर्गत पर्यटकलाई माछापोखरीमा घुमाउने, माछासँग बल्छी खेल्न दिने, माछाका परिकार खुवाउने गरिएको छ ।

ध्यानगर क्षेत्रमा मात्रै वार्षिक एक हजार टन माछा बिक्री हुने गरेको छ । यहाँका सबै किसानको आम्दानी जोड्ने हो भने करिब वार्षिक २५ करोड रुपियाँ हुन आउँछ, जलदेवी मत्स्य विकास सहकारी संस्थाका प्रेमबहादुर बस्नेतले भन्नुभयो । उहाँका अनुसार दयानगरबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका दरले बुटवल, भैरहवा, पाल्पा, पोखरा, काठमाडौँ निर्यात गरिन्छ । परम्परागत रूपमा अन्न बाली गर्ने किसानले अभियानमुखी माछापालन थालेपछि जिल्लाको दयानगर माछापालनका लागि देशमै नमुना क्षेत्र बनेको छ । करिब ३५ वर्षदेखि माछापालन थालिएको दयानगरमा दस वर्षअघि अभियानमुखी माछा उत्पादन कार्यक्रम थालिएको हो ।

दयानगरको १६७ हेक्टर क्षेत्रफलमा एक हजार २०० पोखरी निर्माण गरी माछापालन गरिएको छ । यहाँ रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, बिगहेड कार्प, ग्रास कार्पलगायतका माछाका प्रजाति पालिएको छ । एक कट्ठादेखि तीन बिघासम्मका पोखरी बनाइएका छन् । प्रतिकट्ठा ३०० माछाका भुरा एकै जातका र ४०० भुरा विभिन्न जातका मिलाएर राख्ने गरिन्छ । भुरा पोखरीमा राखेपछि तीन÷चार महिनामै खानयोग्य हुन्छन् । भुरा हालेको छ महिनापछि मात्र माछा बिक्री गरिन्छ ।

कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यावसायिकतामा सहयोग गर्ने गरेको मत्स्य व्यवसायी सङ्घका अध्यक्ष पुण्यप्रसाद चौधरीले बताउनुभयो । यहाँका पोखरीबाट हरेक मौसममा दैनिक १० क्विन्टलसम्म माछा निकासी हुने गरेको र प्रतिघरधुरी मासिक दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ । गाउँमै दाना उद्योग स्थापना भएको छ । पर्यटकको आगमन बढेपछि यहाँ होमस्टे ९घरबास० र मत्स्यपालन केन्द्र खुलेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

By:

बुधबार, ११ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!