कृषकको खेत धाउँदै जनप्रतिनिधि, आबश्यकताको आधारमा बजेट

बझाङ, ११ असार । यति बेला प्रत्यक कृषको खेतवारी र घर आगन धाउदै डाईरीमा उनका माग संक्लन गर्न थालेका छन खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष र्बक बहादुर रोकाया उनी भन्छन अषारको महिना हो हेरेक कृषको खेतमा मैले पुग्नै पर्छ न पुगे मलाई राती निन्द्रा नै लाग्दैन ।

अध्यक्ष रोकाया भन्छन कसैको खेतमा गोरु जोत्यने त कसैको दाई (भाडेतोन्ने खेत सम्म पाने ) काम गर्छु यति गरे मात्र म सन्तुष्टी लिदैन अब केहि दैनिमा संञ्चालन गरिने आ.व. ०७६—०७७ को गाउँपालिकाको गाउँ परिषदमा लैजान अहिले कृषका समस्या बुझेर उनीहरुको हितमा हुने गरि बजेट बनाउने तयारीमा छु ।

घरमै बसेर उनको समस्या थाहा हुदैन । उनीहरुको लागी चाहिने कुलो, बाटो, मल बिउ, र कृषि औजार, हातेट्रयाक्टर संगै ब्यबसायीक तरकारी खेती,फलफुल खेती देखि बाख्रा र गाई भैसि पालन गर्न के चाहिने हो त्यो उनीहरु बाटै माग लिन खेतमा पुग्ने गरेको हो ।

गाउँपालिकाले आफु सुहाउदौ निति तथा कार्यक्रम बनाए र हुदैन गरिब कृषकको आबशयकता लाई ध्यान दिनु जप्रतिनिको जिम्मेवार हो । भोट माग्दा नेताले जनतालाई धेरै आस्वसन दिन्छन । चुनाव जिते पछि भुल्ने गर्छन ।

त्यसो गरे राम्रो हुदैन । जनताको काम गरेको भए र मलाई द्रोसो पटक जनताले चुनाव जिताए । पहिले म साबिक माझिगाउँ गाबिसको अध्यक्ष पदमा ५४ सालमा बिजय भएको थिए । माओबादीले दन्द्रको समयमा दुबै खुट्ट भाँचि दिए जनताले नै मलाई बचाएका हुन । म जनताको सेवक हु नेता हैन ।

जनताको खेतवारी र घर आगनतमा गाउँपालिकाको बिकास निमार्णको निति तय गर्न भने उनी एकैले पुगेका छैन । उनी संग वडा अध्यक्ष मंगल सुनार ,भिम रोकाया लगाएतका जनप्रतिनिधि रहेको छन । महिला र कृष मैत्रिक बजेट बनाउने गाउँपालिकाको अभियान रहेका उनीहरुको भनाई रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

By:

बुधबार, ११ असार २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!