एकल महिलालाई लक्षित आधुनिक जुत्ता बनाउने तालिम सम्पन्न

बुटवल,  २९ जेठ । बुटवलका एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यले सात दिने आधुनिक जुत्ता बनाउने तालिम सम्पन्न भएको छ ।

बुटवल उप महानगरपालिकाको सहयोग तथा मानव अधिकारको लागि एकल महिला समूहको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा ३५ जना एकल महिलाहरुको सहभागीता रह्यो ।

एकल महिलाहरुलाई जुत्ता बनाउने सीप सिकाई आय आर्जनको माध्यमबाट समाजमा स्थापित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

By:

बुधबार, २९ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!