दक्षिणी चीनमा भीषण बर्षा : पाँच जनाको मृत्यु, २० लाख भन्दा बढी मानिस प्रभावित

एजेन्सी, २९ जेठ । दक्षिणी चीनमा मुसलधारे पानी पर्दा पाँच जनाको मृत्यु भएको छ । वर्षाले सयौँ घरमा क्षति पुरयाउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन ।

बर्षाका कारण बाढी आउँदा हजारौँ मानिस फसेका जनाइएको छ । वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ । ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको जनाइएको छ । मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङसी र हुनानमा सबैभन्दा बढी वर्षा भएको छ ।

By:

बुधबार, २९ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!