मालीमा डोगोन समूहले गरेको आक्रमणमा सयजनाको मृत्यु, १९ जना बेपत्ता

एजेन्सी, २८ जेठ । अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा एक सय मानिसको मृत्यु भएको छ ।

सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् । उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको जनाएको छ । फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । पछिल्ला केही महिना यता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन् ।

By:

मङ्गलबार, २८ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!