मोदीको सपथग्रहणमा कंगना र शाहरुख पनि

काठमाडौं, १७ जेठ । भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएसँगै आफ्नो सपथ ग्रहण समारोहमा विभिन्न क्षेत्रका व्यक्तिलाई पाहुनाको रुपमा निम्त्याएका छन् ।

सो क्रममा उनले केही वलिउडका प्रभावशाली कलाकारहरुलाई पनि निम्तो दिए । यसमध्ये शाहरुख खान र कंगना रनोट समेत मोदीको सपथ ग्रहणमा सहभागी हुने अपेक्षा गरिएको छ ।

मोदीले उनीहरुलाई यसअघि नै निम्तो दिएका थिए । उनीहरुसँगै सञ्जय भन्साली, रजनीकान्त, करण जोहर, विवेक ओवराय लगायत कलाकार उपस्थित हुँदै छन् । बिहीबार हुँदै गरेको समारोहमा उनीहरुसँगै थुप्रै वलिउडका कलाकार सहभागी हुने बताइएको छ ।

चुनावका बेला मोदीविरोधी अभियान चलाउँदा उनी केही वलिउडकर्मीसँग रुष्ट थिए भने केही कलाकारसँग राम्रो सम्बन्ध छ । यद्यपि, शाहरुख र कंगना भने मोदीको विपक्षीको रुपमा चिनिन्थे । कंगनाले त सार्वजनिक रुपमै सरकार तथा सत्तापक्षको स्थापित बिचारधारा र सांस्कृतिक मान्यतामाथि कडा आलोचना गर्दैआएकी थिइन् । यसपटक मोदीको निम्तोमा उनीहरु सहभागी हुन लागेको विषयलाई भारतीय मिडियाले महत्वका साथ प्रचार गरेका छन् ।  यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

By:

शुक्रबार, १७ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!