बाजुरा महोत्सवका दिन भारी वर्षा हुँदा लाखौंको क्षति

बाजुरा, ७ जेठ । बाजुरामा जारी प्रथम बाजुरा महोत्सवको चौंथो दिन सोमबार भारी वर्षा भएपछि लाखौंको क्षति भएको छ । सोमबार दिउँसो चलेको हावाहुरीसंगै परेको अविरल वर्षाका कारण जारी महोत्सवको चौंथो दिन महोत्सव स्थल नै डुवानमा परेको हो ।

हावाहुरी र अविरल वर्षाका कारण महोत्सव स्थलमा बनाइएका विभिन्न व्यापारिक स्टलहरु च्यातिएका छन् भने स्टेज, स्वागत गेट, प्रवेशद्धारा गेटका साथै महोत्सवस्थल वरीपरी लगार्ईएको बार भत्किएको छ ।

अत्याधिक हावाहुरीसंगै परेको अविरल वर्षाका कारण लाखौंको क्षति पुगेको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले जानकारी दिनुभयो । करिब ८० लाखको लागतमा सञ्चालन भईरहेको महोत्सवको चौंथौ दिन प्रतिकुल मौसमले लाखौंको क्षति भएपछि व्यापारीहरु चिन्तित भएका छन् ।

By:

मङ्गलबार, ०७ जेठ २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!