कहिले र किन आउँदैछन् चिनीयाँ प्रधानमन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

कहिले र किन आउँदैछन् चिनीयाँ प्रधानमन्त्री ?

pm of china

काठमाडौं, २० फागुन । चिनीयाँ प्रधानमन्त्री ली कछयाङको एक महिनाभित्र नेपाल भ्रमण गर्ने गरी तयारी अघि बढेको छ । यही मार्चभित्र ली नेपाल भ्रमणमा आउने भएपछि गोप्यरुपमा भ्रमणको तयारी गरिएको हो । चिनीयाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको तयारीका सिलसिलामा ली काठमाडौं आउने तयारीमा रहेको बताइएको छ ।

प्रधानमन्त्री लीको नेपाल भ्रमण सफल बनाउन केही दिनयता काठमाडौंस्थित चिनीयाँ दूतावासका अधिकारीहरु प्रायः हरेक दिनजसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धाउने गरेका छन् । समाचारमा लेखिएको छ, प्रधानमन्त्री ली विशेष विमानमा आउने भएपछि रनवेको गुणस्तर र सुरक्षामा चिनीयाँ अधिकारीहरुको चासो बढेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);