नयाँ ट्याक्सी दर्ता खोल्दै सरकार

काठमाडौं, २ बैशाख । सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको बताए ।

By:

सोमबार, ०२ बैशाख २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!