आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने

काठमाडौं, १ बैशाख । सरकारले आन्दोलनरत सरकारी चिकित्सकको माग सम्बोधन गर्ने आश्वासनपछि चिकित्सकहरु आईतबार देखि काममा फर्केका छन् ।

सरकारले चिकित्सकको माग सम्बोधन गर्न १५ दिनको समय माग गरेपछि त्यसमा सहमति जनाउँदै चिकित्सकहरु काममा फर्केका हुन् । चैत्र २२ गतेदेखि सरकारी चिकित्सकले कर्मचारी समायोजनमा चिकित्सकलाई संघ मातहत राख्नु पर्ने माग राख्दै आन्दोलन गदै आएको थिए । चिकित्सकहरुले ओेपीडी सेवा बहिष्कार गरेको ९ दिनपछि आजदेखि सेवा सुचारु गरिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ । उनीहरुले माग सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका छन् ।

By:

आइतबार, ०१ बैशाख २०७६

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!