नेपालमा ‘पब्जी’ खेल खेल्न प्रतिबन्ध

काठमाडौं, २८ चैत । सरकारले नेपालमा ‘पब्जी’ खेल खेल्न प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधाकिरणले पब्जी खेलमा प्रतिबन्ध लगाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइन खेलिने गेम हो। केही समय अघि पब्जी खेलका कारण आफ्ना छोराछोरी बिग्रेको भन्दै अभिभावकले यो खेललाई प्रतिबन्ध लगाउन प्रहरी समक्ष अनुरोध गरेका थिए ।

By:

बिहिबार, २८ चैत २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!