रुघा खोकी के हो? उपचार कसरी? लाग्नै नदिन के गर्ने? (भिडियोसहित)

काठमाडौं, २७ चैत । रुघाखोकी भनेको एउटा आकस्मिकताको रोग हो । यो रोग जुनसुकै उमेरका मानिसलाई जतिबेला पनि लाग्छ । यो रोगलाई मानिसहरुले साधारण रोग लिने गर्दछन् । तर, रुघाखोकी एक हप्ता सम्म ठिक नभएमा वा सन्चो नभएमा यसले जटिलताको रुप लिन सक्छ । त्यसैले चिकित्सकहरुले एक हप्तासम्म निको नभएमा अस्पताल गई डाक्टरको सल्लाह-सुझाव लिनु पर्नेमा जोड दिन्छन् ।

लामो अवधि सम्म सुख्खा खोकि लागिरहेको छ, खोकि संग ज्वरो पनि आईरहेको छ अझ खोक्दा मुखबाट रगत देखा पर्छ भने त्यसलाई घरेलु उपचारले निको पार्न सकिदैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बमोजिम नै उपचार गराउनु पर्छ ।

के रुघाखोकि सामान्य रोग हो ? यस रोगको उपचार गर्ने घरेलु तथा यसबाट बच्ने विधिहरु के -के हुन्  ? मानिसले आफ्नो साधारण जिवन बिताउनका लागि अरु के-के गर्न सक्छन् ? यो रोगलाई सामान्य रुपमा लियौ भने साच्चिकै बिरामीको मृत्यु हुन्छ त ? यिनै विषयवस्तुमा थप चर्चा गर्नका लागि माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले अनुसन्धान संयोजक, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुन संग गरेकाे भिडियाे हेर्नुहोस्:

By:

बुधबार, २७ चैत २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!