पोलोमा एमई ग्रुपलाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

पोलोमा एमई ग्रुपलाई उपाधि

चितवन१६ पुस । क्षेत्रीय होटल संघ, चितवन सौराहाको आयोजनामा सौराहा बाघमारामा सञ्चालन भइरहेको हात्ती महोत्सव शनिबार सकिएको छ । महोत्सवअन्तर्गत हात्ती पोलोको उपाधि माउन्ट एभरेस्ट ग्रुपअन्तर्गतको एमई टुर्स एन्ड ट्राभल्सले जितेको छ ।

आयोजक संस्था क्षेत्रीय होटल संघका सचिव तथा नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीका अनुसार हात्ती पोलोमा एमईले मेगा बैंकलाई पराजित गरेको हो । त्यस्तै अमेरिकामा रहेको नेपाल स्पोर्टस कल्चर इन्टरनेसन तेस्रो भयो । पोलो खेलमा हात्तीका छवटा समूहले भाग लिएका थिए । एउटा समूहमा चारवटा हात्ती भिड्छन् ।

छाबाको फुटबल खेलमा सिजी फुड्सले कुमारी बैंकलाई पराजित गर्दै उपाधि जितेको छ । सिजीले तीन गोल गर्दा कुमारी बैंकको समूहबाट कुनै गोल हुन सकेन ।

हात्ती दौडको उपाधि लक्कीकलीले जितेको छ । दौडमा एकताकली दोस्रो र अनारकली तेस्रो भए । दौडको दूरी १२५ मिटर थियो । हात्ती दौडमा कुल २० हात्ती सहभागी भएकोमा अन्तिम प्रतिस्पर्धाका लागि शनिबार छवटा हात्ती दौडिएका थिए । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा १४ वर्षयता प्रत्येक वर्ष हात्ती महोत्सव हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);