भारतद्वारा पनि बोइङ ७३७ जहाजमाथि प्रतिबन्ध

एजेन्सी, ३० फागुन । इथियोपियामा भएको विमान दुर्घटनापछि विभिन्न देशले बोइङ ७३७ म्याक्स एट मोडलको जहाजमाथि प्रतिबन्ध लगाउने क्रम बढेको छ । अमेरिकाले प्रतिबन्ध नलगाए पनि बेलायत, जर्मनीसहितका युरोपेली देश, इथियोपिया, चीन, सिंगापुरसहितका ४० भन्दा बढी देशमा बोइङ ७३७ माथि प्रतिबन्ध लागेको छ ।

यो मोडलको विमानमाथि प्रतिबन्ध लगाउने देशको सूचिमा भारतको नाम पनि थपिएको छ । भारतको नागरिक उड्यन मन्त्रालयले भारतीय हवाई क्षेत्रमा बोइङ ७३७ म्याक्सको प्रवेशमा रोक लगाएको हो ।

मन्त्रालयले ट्वीट गरेर बोइङको प्रवेशमा रोक लगाएको हो । उसले ट्वीटमा भनेको छ, ‘बुधबार बेलुका चार बजेपछि भारतीय हवाई क्षेत्रमा बोइङ ७३७ म्याक्स मोडलका कुनै पनि विमानलाई प्रवेशका लागि अनुमति दिइने छैन ।

By:

बिहिबार, ३० फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!