साफ महिला फुटवल : भारतद्वारा माल्दिभ्स ६-० गोल अन्तरले पराजित

विराटनगर, २९ फागुन । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटवल अन्तर्गत समूह बीको पहिलो खेलमा भारतले माल्दिभ्सलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा भएको समूह बीको पहिलो खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातबाटै आक्रमक देखिएको भारतले आठौं मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो ।

भारतले पहिलो हाफमै ५ गोल गरेको थियो । दोस्रो हाफमा माल्दिभ्सविरुद्ध निरन्तर दबाब बनाएको भारतले ९० औं मिनेटमा छैठौं गोल गर्दै माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्यो ।

जितसंगै भारतले समूह बीमा ३ अंक जोडेको छ । भारतले आगामी आईतबार श्रीलंकासंग खेल्नेछ । महिला साफमा माल्दिभ्स अहिलेसम्म एकपटक पनि फाइनलमा पुगेको छैन ।

By:

बुधबार, २९ फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!