ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्रीले ल्याएको संशोधित मस्यौदा पुनः अस्विकृत

काठमाडौं, २९ फागुन । बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई पुनः अस्वीकार गरि दिएको छ ।

यसअघि पनि प्रधानमन्त्री मे ले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा संसद्ले अस्वीकृत गरिदिएको थियो । त्यसपछि संशोधन गरेर ल्याएको मस्यौदालाई संसद्ले पुनः अस्वीकृत गरिदिएपछि प्रधानमन्त्री मेलाई अप्ठेरो परेको छ । प्रधानमन्त्री मे ले प्रस्ताव गरेको मस्यौदामा संसद्को बहुमतले अस्वीकृत गरि दिएको हो ।

मस्यौदाको प्रस्तावमा २ सय ४२ मत परेको थियो भने विपक्षमा ३ सय ९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो ।युरोपेली संघका नेताहरुसँग निकै लामो छलफलपछि प्रधानमन्त्री मे ले आफ्नो संशोधित प्रस्ताव पारित गर्न संसद्लाई आग्रह गरेकी थिइन् । उनले कि त प्रस्ताव पारित गर्नुहोस् कि ब्रेक्जिटलाई नै अस्वीकार गर्नुहोस् भन्दै संसद्मा आफ्नो प्रस्ताव पेश गरेकी थिइन् ।

By:

बुधबार, २९ फागुन २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!