प्रधानमन्त्रीका लागि प्रचण्डको घुर्की, पार्टी एकतामा ढिलाई ओलीको प्रचण्डलाई फसाउने खेल : युग पाठक (भिडियोसहित)

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी अहिले चर्चामा रहेको छ । चर्चाको कारण नेकपाको नेतृत्वमा बनेको सरकारको कामको कारण नभएर, नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको संदर्भमा वक्तव्य निकाले र त्यसको पक्ष र विपक्षमा मत-विमत चलिरहेको छ । तर्क-वितर्कले गर्दा हिजो सम्म मिलेका अध्यक्षद्वय ओली र दाहाल अहिले दुई तर्फ लागेका छन् । प्रचण्डको एउटा भनाई र केपी ओलीको अर्को भनाई देखिन थालेको छ । यसले नेकपाको अन्तरिक राजनीतिमा कस्तो प्रभाव वा असर पार्ने देखिन्छ ? जेठ ३ गते भएको नेकपाको एकता प्रक्रिया तल्लो तहसम्म पुग्न नसेको बेलामा दुई नेताबीचको जुहारीले कस्तो असर पार्छ ? यसले एकता प्रक्रिया र सरकार संचालनमा असर पार्ने त होइन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक युग पाठकसंग गरेको कुराकानी हेर्नुहोस् : 

By:

मङ्गलबार, २९ माघ २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!