भारतको मिचाहाप्रवृति कहिलेसम्म ? अब एकजुट हुँदै जनता, सरकार किन चुप ? (भिडियोसहित)

काठमाडौं, २३ माघ । नेपाल भारत सिमामा हुने दंगाफसाद कुनै नौलो कुरा होइन । भारतिय सिमामा तैनाथ भारतिय सुरक्षाकर्मिहरुको ज्यादती रोक्न तर्फ जती वार्ता गरेपनि भारतियहरुको हेपाहा प्रवृतिमा कमी आएको छैन । दिनदहाडै नेपाल प्रवेश गरेर गोली हानेर फरार हुन्छन् भारतीय अपराधीहरु । श्रम गरेर घरफर्कने क्रममा सिमामा लुटिने नेपालीहरुको बेदनाको श्रृखला कहाली लाग्दो बन्दै गैरहेको छ । खुल्ला सिमाको फाइदा उठाउदै चेलिबेटि बेचविखन गर्ने आपराधिक गिरोहहरु वारीपारी त्यतिकै सक्रिय छन् । यी आपराधिक गतिविधी रोक्नेतर्फ कुटनितिक पहलको खाँचो औल्याउने प्रयास नभएका होइन्न्। तर भारतीय दादागीरीको क्रम रोकिएको छैन । दशगजामा रजगज गदै हेपाहा बन्दै गएको भारतिय ज्यादती रोक्ने तर्फ किन अग्रसर हुदैन नेपाल ? के भारतिय अतिक्रमण रोक्न अब जनता नै उठ्नुपर्ने हो ? भारतिय पक्षको यो हेपाहा प्रवृति के हामीले टुलुटुलु हेरेर बस्नुपर्ने हो ? यस्तै विषयमा आधारित कार्यक्रम ‘मिसन न्यूज’ हेर्नुहोस् : 

By:

बुधबार, २३ माघ २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!