माघी पर्व नजिकिएसँगै राजधानीमा तरुलको व्यापार बढ्यो

काठमाडौं, २८ पुस । माघी पर्व नजिकिएसँगै राजधानीका तरकारी वजारहरुमा तरुलको व्यापार वढेको छ । विभिन्न थरीका तरुल अहिले कालीमाटी, बल्खु लगाएतका तरकारी बजारमा बिक्रीवितरण भइरहेको छ । माघीमा नेपालीहरुले तरुलको प्रयोग गर्ने भएकोले पर्वलाई लक्षित गरी देशका विभिन्न स्थानहरुवाट काठमाडौंमा तरुल भित्रिएको छ ।

तरुलको माग वढेसंगै व्यवसायीहरुलाई तरुल विक्रिको चटारो थपिएको छ । आधुनिक चिकित्सा विज्ञानको जमानामा पनि चिकित्सकहरुले उसिनिएर खाने बानी बसाल्न आफ्ना बिरामीहरुलाई सुझाउने गरेको सन्दर्भमा पनि तरुलप्रति पनि आम उपभोक्ताको चाख बढेको हो । तरुलको माग वढेसंगै गत वर्षको तुलनामा तरुलको मूल्य भने यसवर्ष वढेको विक्रेताहरुले बताएका छन् ।

By:

शनिबार, २८ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!