स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, २७ पुस । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सरकारले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।

पाल्पाको रामपुर महोत्सको उद्घाटन गर्दै मुलुकको गरिवी र बेरोजगारी समस्या समाधानको लागि देशका सवै स्थानमा रोजगार केन्द्र संचालन गरि बेरोजगार समस्या हल गर्ने बताए । मन्त्री विष्टले सरकारले नीति नियम र कानुन निर्माणमा व्यस्त हुँदा जनताका सवालमा देखिनेगरि काम गर्न नसकेको बताए ।

रामपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवार देखि सुरु भएको महोत्सव आउँदो माघ ८ गते सम्म चल्नेछ ।

By:

शुक्रबार, २७ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!