बहालवाला डिएसपी हुँ भन्दै आपराधिक गतिविधि गर्ने एक व्यक्ति पक्राउ

भक्तपुर, २७ पुस । नेपाल प्रहरीको अधिकृत भन्दै आपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका एक व्यक्ति पक्राउ परेका छन ।  महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाला डिएसपी हुँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रका होटल, रेष्टुराँहरुमा धाक धम्की दिँदै आपराधिक गतिविधि गर्दै आएका अनिल थापालाई पक्राउ गरेको हो ।

थापालाई कमलादीस्थित एक होटलबाट पक्राउ गरिएको हो । बहालवाला डिएसपी भन्दै होटल तथा रेष्टुराँहरुमा खाएको खानाको पैसा नतिर्ने र महिलाहरुमाथि दुर्व्यवहार समेत गर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

पक्राउ परेका थापा लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

By:

शुक्रबार, २७ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!