कोपा डेल रे : लेभान्टेद्वारा बार्सिलोना पराजित

काठमाडौं, २७ पुस । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा लेभान्टेसँग पराजित भएको छ । शुक्रवार बिहान लेभान्टेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २–१ ले पराजित भएको हो ।

लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरेका थिए । पराजित टिमका लागि फिलिपे कौटिन्होले एक गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा घरेलु टोलीका लागि इरिक कावाकोको गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । खेलको १४ औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । दोस्रो लिग जनवरी १८ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

By:

शुक्रबार, २७ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!