खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं, २६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तीप्रति असन्तुष्टि जनाएका हुन् ।

अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको राजधानीमा आयोजित उद्घाटन कार्यक्रममा उनले विद्यालय तहदेखिनै कराँते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन दिए ।

स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाई छ । उनले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा सक्दो सहयोग गरेको दावी पनि गरे ।

By:

बिहिबार, २६ पुष २०७५

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!