Mountain Television
Mon, 17 Dec 2018

सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको पशुपतिशमशेरको आरोप

झापा, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)का अध्यक्ष पशुपति शमशेर राणाले एसीयान प्यासेफिक सम्मेलनको नाममा सरकारले नै क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लगाएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले सरकारी खर्चमा धर्मको प्रचार गर्नु कदापी स्वीकार्य नभएको भन्दै यसले देशलाई दुर्घटनाको दिशामा अघि बढाएको बताए ।

शक्तिशाली सरकारले समेत अहिलेसम्म जनताका पक्षमा कुनै ठोस काम गर्न नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!