Mountain Television
Mon, 17 Dec 2018

फाष्ट ट्रयाक र बारामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल एकसाथ सम्पन्न हुनुपर्छ : नेपाल

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधव कुमार नेपालले बाराको निजगढमा निर्माणाधिन अवस्थामा रहेको फाष्ट ट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काको परिपुरक रहेकाले दुबै योजना एकै साथ सम्पन्न हुनु पर्ने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गत पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक समेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय विमान स्थल निर्माण क्षेत्रमा पर्ने टाँगियावस्तिलाई बाराको कोल्हवी, सिमरा र निजगढमा स्थानान्तरण गर्न सकिने बताए

नेता नेपालले वन मासेर वातावरणमा प्रभाव पार्ने हल्ला फैलाएर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा अड्चन र षडयन्त्र गर्ने काम भईरहेको बताउँदै विमानस्थल निर्माणका लागी अनावश्यक रुख काटिन नहुने बताए । उनले पहिलो चरणमा निजगढ अन्तर्राष्ट्रिय विमान स्थलमा एउटा रनवे बनाइए पनि आवश्यक्ता अनुसार रनवे थप्दै लैजानु पर्ने बताए ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!