Mountain Television
Mon, 17 Dec 2018

गुलियो खाएर दाँतलाई हानी हुन्छ भन्ने दिन गए, यसरी हेरचाह गर्नुहोस् (भिडियोसहित)

काठमाडौं, १६ मंसिर । स्वस्थ हुनु भनेको रोग र दुर्बलताबाट मात्र मुक्त नभई सामाजिक, शारीरिक र मानसिक रुपमा पनि स्वस्थ हुनु हो । दाँत भनेको स्वास्थ्य र सौन्दर्य संग जोडिएका कुरा हो । हामीले स्वस्थ रहनका लागि विभिन्न खानेकुराहरु खाने गर्दछौँ । यदि हामीले राम्रो संग चपाएर खान सकेयौँ भने हामीले विभिन्न रोगहरुबाट प्रतिरोधात्मक शक्तिहरु प्राप्त गर्ने गर्दछौ । साथ-साथै दाँतले हाम्रो अनुहारको अघिल्लो भागलाई सौन्दर्यको लागि धेरै महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ ।

दाँत राम्ररी सफा नगर्नाले, दिनहुँ बिहान-बेलुका दाँत नमाझ्नाले हामीले खाएका खानेकुराका टुक्राहरु दाँतको कुनामा रहन्छ । धेरै समय सम्म राख्दा त्यहि कुहिदा दाँतमा किरा लाग्छ साथै दाँतको जरा खुलुलो हुन्छ र दाँत दुख्ने गर्छ । त्यसैले बिहान-बेलुका तथा खाना खाएपछि दिनको दुई पटक सम्म दाँत माझ्नु पर्दछ । दाँत स्वास्थ्य र सुन्दर दुबैका लागि भएकाले यसमा बढि ध्यान दिनु पर्छ ।

दाँतले नियमित गर्ने काम बाहेक मानव शरिरको प्रमुख भाग अनुहारको सौन्दर्य बढाउछ । मानिसको दाँतमा देखिएको समस्याले अगाडिको मोहोडा सुन्दर बनाउने काम गर्छ । दाँत स्वास्थ बनाउन एक दिनमा दुई चोटी ब्रस गर्नु पर्छ । दाँतमा किरा कसरी के कारणले लाग्छ ? दाँतको सुरक्षा कसरी गर्न सकिन्छ ? दाँतमा हुने समस्या के-के हुन् त ? दाँत मार्फत मानवलाई के-कस्ता रोगहरु लाग्छन् त ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले दन्त स्नायु विशेषज्ञ डाक्टर सिदार्थ घिमिरे संग गरेकाे भिडियाे हेर्नुहोस्:

By:

2 weeks ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!