Mountain Television
Wed, 14 Nov 2018

एएफसी यु-२३ च्याम्पिएनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं, २२ कात्तिक । थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ ।

एशियाली फुटबल महासंंघ एएफसीले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ ।

अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो । छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ ।

सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ ।

By:

6 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...