Mountain Television
Wed, 14 Nov 2018

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

काठमाडौं, २१ कात्तिक । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।

पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए । तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् ।

देशबाट अध्याँरो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ । घिसिङले भने — तेस्रो लक्ष्मीपुजा बुधबारको दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन् । देशघर लोडसेडिङ अन्त्य भएको सन्देश दिँदै यस बर्षबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत रंगीचंगी बत्ती बालेर झिलिमिली पारेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

By:

7 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...