Mountain Television
Wed, 14 Nov 2018

श्रीलंकामा दुईजना प्रधानमन्त्रीबीच झगडा चर्किदै

एजेन्सी, २० कात्तिक । श्रीलङ्कामा राष्ट्रपतिबाट नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षे र बर्खास्तमा परेका प्रधानमन्त्री रनीलविक्रम सिंघेबीचको झगडा झनझन चर्किदै गएको छ । दुबै नेताबीचको राजनीतिक दाउपेचले श्रीलंकामा राजनीतिक संङकट गहिरिँदै गएको छ ।

श्रीलङ्काका सभामुखले महिन्दा राजपाक्षेलाई संसदमा बहुमत प्रमाणित नगरेसम्म प्रधानमन्त्रीको रुपमा स्वीकार नगर्ने बताएका छन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्री पदमा नियुक्त भएका महिन्दा राजपाक्षेलाई श्रीलङ्काका सभामुखले संसदमा बहुमत प्रमाणित नगरेसम्म प्रधानमन्त्रीको रुपमा स्वीकार नगर्ने भनेपछि शक्ति प्रदर्शन भइरहेको छ ।

प्रधानमन्त्रीबाट हटाइएका रनिलबिक्रम सिंघेले संसदमा आफुसंग बहुमत कायमै रहेकाले आफु नै प्रधानमन्त्री रहेको दाबी गरेका छन् । सिंघेले उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्नु असम्बैधानिक कदम भएको बताएका छन् ।

सभामुख जय सुर्याले अक्टोम्बर २६ अगाडीकै अवस्था स्वीकार गरि रनिल विक्रम सिंघेलाई आफुहरुले सर्मथन गर्ने कुरा जानकारी गराएका थिए । श्रीलंङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक १४ नोभेम्बरका दिन बोलाइने घोषणा गरेका छन् ।

श्रीलङ्कामा एक अर्काबीच आरोप प्रत्यारोप सहित शक्ति प्रदर्शन गर्दै राजनीतिक संकट बढ्दै गएपछि सर्वसाधारणले असहज महसुस गर्न थालेका छन् । महिन्द्रा राजपाक्षेले उनीसंग एक सय १३ सांसदको समर्थन प्राप्त रहेको दाबी गरेका छन् । जबकी त्यसलाई बर्खास्त प्रधानमन्त्रीले हावादारी दाबी गरेको टिप्पणी गरेका छन् ।

जबसम्म संसदमा बहुमत साबित हुँदैन तबसम्म राजनीतिक संकट यथावत रहिरहने अवस्था छ । राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री राजपाक्षे विचको साठगाठले श्रीलङ्कामा राजनितीक संकट चुलिएको छ ।

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...