Mountain Television
Wed, 14 Nov 2018

धुम्रपान गर्ने व्यक्तिलाई हुन्छ फोक्सोकाे क्यान्सर (भिडियोसहित)

काठमाडौं, १७ कात्तिक । नेपालमा फोक्सोकाे क्यान्सर भएका बिरामीहरुको एकिन तथ्याङक छैन । सातामा २-३ जना बिरामी फोक्सोको क्यान्सर लिएर अस्पताल धाउने गरेका छन् । कुनै पनि क्यान्सरका चार ओटा चरणहरु हुन्छन् । फोक्सोको क्यान्सर प्रारम्भिक चरणमा भए त्यसलाई शल्यक्रियाद्वारा सजिलै उपचार गर्न सकिन्छ ।

विषेशगरी धुम्रपान, मद्यपान लगाएतका सेवनका चरणहरु मानिसमा फोक्सोका क्यान्सर हुने गर्दछ । यसो हो भने धुम्रपान गर्ने मान्छेलाई फोक्सोको क्यान्सर नहुने भन्ने चाँहि हुँदैन तर जोखिम भने धुम्रपान गर्ने व्यक्तिलाई बढी हुन्छ । त्यस बाहेक वंशाणुगत कारण, प्रदुषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सो सम्बधी दिर्घकालिन रोगका कारण पनि फोक्सोमा क्यान्सर हुने गर्दछ ।

फोक्सोको क्यान्सर कसरी हुन्छ ? यसको उपचार गर्ने विधिहरु के -के हुन् ? यो कत्तिको महङ्गो छ ? सर्वसाधारणको पहुचमा पर्छ कि पर्दैन ? रोगको कारकतत्व उपचार विधि पछि एउटा नर्मल मानिसले आफ्नो साधारण जिवन बिताउनका लागि अरु के-के गर्न सक्छन् ? यिनै विषयवस्तुमा थप चर्चा गर्नका लागि माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता केसिले क्यान्सर रोग विशेषज्ञ डाक्टर रविना महर्जन सङ्ग गरेकाे भिडियाे हेर्नुहोस्:

By:

1 week ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...